संघीयता र आदिवासी जनजाति सम्बन्धी अन्‍तरक्रिया

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फिदीम ९ स्थित लुङफावुङमा संघीयता र आदिवासी जनजाति सम्बन्धी एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरको संयोजन र वडा समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा पा.डा. महेन्द्र लावतीले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा लावतीले अहिलेको संविधान जनतालाई झुक्याउने मात्र भएको आरोप लगाए । उनले आदिवासी जनजाति आयोग संविधानमा उल्लेख भएपनि अधिकार केही नभएको दावट्ठ गरे । ‘पहिलो संविधानसभामा आदिवासी जनजातिको बहुमत थियो । संघीय संरचनामा ल्याएको खाकाको कुनै मतलब नै राखेनन् । संसद नै जबर्जस्ती भंग गरी एकल सोचको निरन्तरता कायम राख्ने संबिधान जारी भएको छ’ उनले भने, ‘यो संविधान संशोधन भएन भने १० वर्ष पनि टिक्दैन ।’

आदिवासी जनजाति निवर्तमान अध्यक्ष तथा लाहुर्निप सदस्य विर्ख वाइबाले आदिवासी जनजातिको हक र अधिकार सम्बन्धमा र उठेका प्रश्नको जवाफ दिएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ पाँचथरका अध्यक्ष रिन्जी शेर्पाले कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए । कार्यक्रममा आदिवासी जनजाति अगुवा राजनीतिक नेता प्रेमराज लावतीको समेत उपस्थिति रहेको थियो ।

हार्डवेयर संघ पाँचथर अध्यक्ष लक्ष्मण लावती, तामाङ घेदुङ संघ जिल्ला अध्यक्ष जंग तामाङ, आदिवासी जनजाति नगर समन्वय परिषद उपाध्यक्ष लक्ष्मी नेम्बाङ, आदिवासी जनजाति अगुवा तथा शान्ति बाल सेकेण्डरी प्रिन्सिपल देउमान आङ्देम्बे, चुम्लुङ जिल्ला प्रतिनिधि मन्जु तुम्बापो सुनचाँदी व्यवसायी संघका सचिव एल वी रहपाल, वडा अध्यक्ष र वडामा रहेका संघ संस्था लगायत वडाका राजनीतिक दल प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन नरेन्द्र शेर्माले गरेका थिए भने फिदीम ९ वडा समन्वय परिषद अध्यक्ष राम लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार