नेपाल कृषि श्रमिक संघको नयाँ नेतृत्व

नेपाल कृषि श्रमिक संघको नयाँ नेतृत्व नयाँ बुलन्द

इलाम : नेपाल ट्रेड युनियन काङ्ग्रेससंग आवद्ध कृषि श्रमिक संघको प्रथम जिल्ला अधिवेशनले विष्णु प्रसाद दुलालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा खेमराज भट्टराई, महिला उपाध्यक्षमा मिना चौहान, सचिवमा दिपेन्द्र दुलाल, कोषध्यक्ष हेममाया प्रधान र सहसचिवमा विना भुजेल चयन भएको छ ।

समितिका सदस्यमा टेक बहादुर थापा, राम बहादुर अधिकारी, लक्ष्मी पौड्याल, नेत्र राई निर्वाचित भएका छन् ।

अधिवेशनले फागुन २४ मा हुने ट्रेड युनियन काङ्ग्रेसको प्रतिनिधिमा गोपाल भट्टराई, राजेन्द्र शर्मा, प्रमिला आचार्य, विष्णु प्रसाद दुलाल, पवित्रा आचार्य, सुर्य प्रधान र मनोज तिम्सीनालाई चयन गरेको छ । अधिवेशाले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा अध्यक्ष विष्णु प्रसाद दुलाल र दिपेन्द्र दुलाललाई चयन गरेको छ ।

अधिवेशनमा नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष हरि  फुयालले इलामामा कृषि श्रमिक संघले स्थानिय तहमा आएका सेवा सुविधिा र अधिकारबाट बञ्चीत नहुनका लागि पैरवीका लागि पहल गर्ने प्रतिवद्धता व्यत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार