शुक्रबार इलाम अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धी शिविर हुने

इलाम : जिल्ला अस्पताल इलाममा पाठेघरको क्यान्सर सम्बन्धी एक दिने निः शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

नेपाल अवुर्द रोग निवारण संस्था इलामको आयोजनामा आउँदो ११ गते शुक्रबार शिविर हुन लागेको हो । शिविर नेपाल अवुर्द रोग निवारण संस्था, जिल्ला अस्पताल इलाम, नेपाल परिवारनियोजन संघ, रेडक्रस सोसाईटी इलाम र होटल ब्यावसायी संघ इलाम लगायतको सहयोगमा संचालन हुने आयोजक संस्थाका अध्यक्ष हिमालय कर्माचार्यले जानकारी दिए ।

शिविरमा भक्तपुर क्यान्सर अस्पतालका बिशेषज्ञ डाक्टरले सेवा दिने छन । १८ देखि ६० बर्ष सम्मका विवाहित महिलाले शिविर आफनो पाठेघरको स्वास्थ्य परिक्षण गराउन सक्ने छन् ।

पाठेघरको परिक्षण गराउन आउने महिलाहरुको हकमा महिनावारी भएको एक साता नाघेको, २ दिन अघि देखि यौन सम्पर्क नराखेको र जाँच गराउने दिन पाठेघर धुने र कुनै मलम नलगाएको हुनु पर्ने छ ।

शिविरमा महिला तथा पुरुषका अन्य रोगको पनि परिक्षण हुने छ । बच्चा पाई सकेका , सानै उमेरमा यौन सम्पर्क राखेका र दुई भनदा बढी ब्यक्ति संग यौन सम्बन्ध राखेका महिलामा बढी पाठेघरको क्यान्सर हुने गरेको पाईएको छ ।

के हो पाठेघरको मुखको क्यान्सर ?

पाठेघर वा गर्भाशयको मुखको कोषिकाहरूमा असामान्य परिवर्तन भई त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ।

रोकथामका उपाय

– क्यान्सर कारक तत्वहरूबाट अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै सन्तान नजन्माउने,

– लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग नगर्ने,

– समय-समयमा पाठेघरको जाँच गराउने।

निदानका सरल उपाय

– गर्भाशय स्राव परीक्षण (प्याप स्मेयर) गर्ने: गर्भाशयबाट निस्कने स्रावहरू संकलन गरी परीक्षण गराई पाठेघरका कोषिकाहरू सामान्य रहे/नरहेको थाहा पाउने एक सरल र छरितो परीक्षण हो।

यो परीक्षण कस्ता महिलाले गर्ने?

३५ देखि ६० वर्ष उमेरका विवाहित महिलाले वर्षमा कम्तिमा एक पटक यो परीक्षण गराउनुपर्छ।

परीक्षणअघि ध्यान दिनुपर्ने कुरा

– महिनावारी भएको ५-७ दिन वा रगत देखा परेसम्म र यौन सम्पर्क गरिएको २४ घन्टासम्म यो परीक्षण गराउनु हुँदैन।

– कुनै  औषधि प्रयोग गरिएको हुनु हुँदैन।

– पानी वा साबुनले योनीभित्र सफा गरिएको अवस्थामा पनि परीक्षण गर्नु हुँदैन।

नियमित  पाठेघरको परीक्षणबाट हुने फाइदा

– १० वर्षअघि नै पाठेघरमा क्यान्सर छ कि छैन पत्ता लगाई समयमा निदान गर्न,

– पाठेघरमा केही संक्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार