इलाममा थप १० वटा पुल बन्दै

नयाँ बुलन्द

इलाम : इलामका विभिन्न खोलामा १० वटा पुल निर्माण हुने भएको छ । झोलुङगे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत तीन करोड ७२ लाख ३७ हजारको लागतमा आठ वटा झोलुङ्गे र एक÷एक वटा सस्पेन्सन ब्रिज र ट्रष्ट ब्रिज निर्माण हुने जिल्ला समन्वय समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा इलाम नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ र फाकफोकथुम गाउँपालिकामा पुल निर्माणका लागि बजेट विनीयोजन भएको जिससले जनाएको छ ।

निर्माण हुन लागेका आठ वटा झोलङ्े पुल निर्माणका लागि दुई करोड ७८ लाख १८ हजार रुपैंयाँ बजेट विनीयोजन भएको छ । यस्तै एउटा सस्पेन्सन ब्रिजका लागि ७१ लाख तीन हजार र एउटा ट्रष्ट ब्रिजका लागि २३ लाख १६ हजार रुपैंयाँ बजेट विनीयोजन गरिएको हो ।

स्थानीय समुदाय, जिसस, गाउँपालिका÷नगरपालिका र ट्रेल ब्रिज सपोर्ट युनिट (टिबीएसयू) को आर्थिक साझेदारीमा पुल निर्माण गरिने जिससले जनाएको छ । जिससका अनुसार रोङ गाउँपालिकाको इरौँटार र जिर्मले जोड्ने तेलपानी खोलामा सस्पेन्सन बृज निर्माण गरिनेछ । यसका लागि ७१ लाख तीन हजार रुपैयाँको विनियोजन गरिएको छ । यस्तै फाकफोकथुम गाउँपालिकाको एकतप्पा र फाकफोकको तिवाखोलामा २३ लाख १६ हजार रुपैयाँको लागतमा ट्रस ब्रिज निर्माण गरिने छ ।

त्यस्तै सुर्योदय नगरपालिकाको पशुपतिनगर र गोर्खे जोड्ने मयँुखोलामा ३६ लाख ३४ हजार रुपैंयाको लागतमा मयुँघाट झोलुङ्गे पुल, इलाम नगरपालिकाको पुवामझुवा सानो पुवाखोलामा २३ लाख १८ हजारमा भाँगेटार झोलुङ्गे पुल, झापा शान्तिनगर र इलाम रोङ गाउँपालिकाको इरौंटार जोड्ने ठोट्ने टिमाई खोलामा ४५ लाख ७८ हजारमा प्यूरे झोलुङ्गे पुल निर्माण हुनेछ ।

यस्तै फाकफोकथुम गाउँपालिकाको फुएतप्पा र लुम्दे जोड्ने थावाखोलामा ४० लाख ८२ हजारमा रिठ्ठाबोटे झोलुङ्गे पुल, सन्दकपुर गाउँपालिकाका मावु र माइमझुवा जोड्ने माइखोलामा २८ लाख ४८ हजारमा चौडादोभान झोलुङ्गे पुल, सोही खोलमा तल्लो मावु र माइमझुवा जोड्ने २६ लाख ५८ हजारमा लिम्बूबारी झोलुङ्गे पुल निर्माण गरिने जनाइएको छ ।

त्यस्तै सन्दकपुर गाउँपालिकाकै जमुना र मावु जोड्ने धुँवाखोलाको ३३ लाख १६ हजारमा खुँदी झोलुङ्गे पुल र माईजोगमाई गाउँपालिकाको जोगमाइ ठोट्ने खोलामा ४३ लाख ८४ हजार रुपैंयाँको लागतमा चैतेदोभान झोलुङ्ग पुल निर्माण हुने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

पुलको लम्बाई ३२ मिटरदेखि १२० मिटरसम्म हुनेछन् । दश वटा पुल यो वर्षमा निर्माण भइसक्दा जिल्लामा १५८ वटा झोलुङ्गे पुल हुनेछन् । यसअघि साविकको जिल्ला विकास समितिले विभिन्न समयमा जिल्लाका विभिन्न खोलामा एक सय ३८ वटा झोलुङगे पुल निर्माण गरिसकेको जनाएको छ ।

सुनगाभा विकास संस्था इलाम, टिबिएसयू र आरटिएपीको प्राविधिक सहयोगमा निर्माण हुने पुलका लागि जिसस र जिल्ला प्राविधिक कार्यालय इलामको सहयोग रहने सुनगाभा विकास संस्थाका असिस्टेन सब इञ्जिनीयर रोसन सुब्बाले जानकारी दिए ।

पुल निर्माणपछि स्थानीयस्तरमा उत्पादित कृषि उपज शहरसम्म पु¥याउन र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न विशेष सहज हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार