सुम्‍नीमा कृषि सहकारीद्वारा पुरस्कार तथा सम्मान

साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दें अध्यक्ष दाहाल

नयाँ बुलन्द

झापा : झापाको  कमल गाँउपालिका–६ स्थित सुम्निमा कृषि सहकारी संस्था लिमीटेडले शुक्रवार आफनो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय मंगलमय माविको सभाहलमा एक कार्यक्रम गरि आफनो साधारणसभा सम्पन्न गरेको हो ।

त्यस अवसरमा संस्थाले बाल बचत तर्फ आर्यन निरौला, ऋतिका कड्रिया, कोशिस घिमीरे,नारी लखपति बचत तर्फ दुर्गादेवी विष्ट,शान्ता रेग्मी ,आवधिक बचत तर्फ विश्वेश्वरी ताजपुरिया,लिला धिमाल , साधारण बचत तर्फ श्याम ठाकुर र चन्द्रकला धिमाल संगै गएको बर्ष कर्जा तर्फ उत्कृष्ठ कारोवार गर्ने शान्ता पाख्रिन , गोपाल ताजपुरियालाई प्रमाणपत्र र पुरस्कारसहित पुरस्कृत गरिएको थियो । त्यसैगरि संस्थाले उत्कृष्ठ कर्मचारी तर्फ सृजना खरेल र ज्ञानबहादुर दाहाललाई नगद, प्रमाणसहित पुरस्कृत गरिएको संस्थाका सचिव रामप्रसाद दाहालले जानकारी दिए ।

सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष प्रमोदकुमार दाहालले सञ्चालक समितिका तर्फबाट अध्यक्षको र लेखा समितिका तर्फबाट लेखा सदस्य तिर्थराज गौतमले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्द सत्रले सुझावसहित पारित गरिएको थियो ।

जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष बलराम गजुरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा समाजसेवी पूर्णानन्द शर्मा, बस्तिविकास शाकोस कमल–५ का अध्यक्ष तीर्थ प्रसाद ताजपुरियालगायतले सहकारी संस्थाको महत्वका बारेमा चर्चा गरेका थिए ।

११ सय ९३ जना शेयर सदस्य रहेको सो संस्थाको गएको बर्ष सम्म शेयर पूंजी ६० लाख ६२ हजार ४ सय पुगेको जनाईएको छ । त्यस अवधिमा संस्थाले कुल ११ करोड ८ लाख २७ हजार ४२ रुपैया बचत , ९ करोड ६१ लाख १८ हजार ६ सय ६६ रुपैया ऋण लगानी,६ करोड ८८ लाख ७९ हजार ३ सय ७० रुपैया कर्जा असुली गरेको प्रतिवेदनमा जनाईएको छ । त्यस्तै संस्थाले चालु बर्षदेखि शेयर सदस्यहरुको हितका लागि रेमिट्यान्स,सुत्केरी पोषण कार्यक्रम, करेसाबारी कार्यक्रम,विउ विजन वितरण, सहकारी पसल , दैवीप्रकोप राहत कोष सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष प्रमोद कुमार दाहालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार