नयाँ बुलन्द
पाँचथर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट आएको टोलीले जिल्ला शिक्षा कार्यालय पाँचथरमा कार्यरत एकजना सवइन्जिनियर घूस लिँदालिँदै पक्राउ गरेको छ ।
इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार १० बजेतिर जिल्ला शिक्षा कार्यालय पुग्दा रकम लेनदेन गरेको प्रमाणसहित सवइन्जिनियर मनोजकुमार यादव पक्राउ परेका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं २ माङजाबुङस्थित सिद्धसरस्वती माविको नवनिर्मित भवनको कार्यसम्पन्न प्राविधिक प्रतिवेदन बनाइदिएबापत एक लाख २५ हजार रुपैयाँ घूस लिएको रकमसहित मंगलबार पक्राउ गरेको इटहरीस्थित अख्तियार कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश विष्टले बताए ।
शिक्षा कार्यालयले उक्त विद्यालयलाई चार कोठे पक्की भवन निर्माणको लागि २४ लाख रुपैयाँ अनुदान दिएको थियो ।