नेपाल कम्युनिष्ट पार्टीका ५ कार्यकर्ता पक्राउ

दुई सातअघि इलामको माङसेबुङ गाउँपालिकाको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीले राखेको बोर्ड । सो पार्टीले स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै देशभर विभिन्न गतिविधहरु सञ्चालन गरिरहेको छ ।

नयाँ बुलन्द

इलाम : निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार