नयाँ बुलन्द
इलाम : किरातीहरुको महाव चाड उभौली पर्व बुधबार इलाममा पनि धुमधामका साथ मनाइएको छ ।
यो पर्व राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातीले आ-आफ्नै तरिकाले मनाउने गरेका छन् । पर्वको अवसरमा ती समुदायले बुधबार बिहानैदेखी प्रकृती, देवीदेवता र भुमीको पूजा अर्चना गर्दै र एक आपसमा शुभकामना बाँड्दै यो पर्व मनाए ।
बाली नाली लगाउने समय सुरु भएको भन्दै यस पर्वमा लगाएको बालीनाली सप्रियोस, अन्नबालीमा किरा पट्याङ्ग्रा नलागोस, प्रकृतीमा सहकाल छाओस भन्दै इष्ट देवतासँग पुजाआजा सहित प्रार्थना गर्ने गरिएको छ ।
किरात समुदायले साकेला नाच, मौलिक पोषाकहरुको प्रदर्शनी र पुजाआजा गरि बिभिन्न कार्यक्रमका साथ इलाममा यो पर्व मनाएका छन् । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाच र झाँकी प्रदर्शन गरेका छन् । उनीहरुले इलाम नगरपालिका २ मा रहेको ओपीधारामा रहेको साकेला थानमा पुजा आजा सहित शुभकामना आदानप्रदान गरेका छन् ।
किरात र्राई विद्यार्थी संघ इलामले आयोजना गरेको कार्यक्रममा किरात र्राई यायोख्खाका केन्द्रिय सदस्य कृष्ण र्राई, किद्यार्थी संघका केन्द्रीय अतिरिक्त क्रियाकलाप विभाग प्रमुख रोशन र्राई, इलामका सहायक प्रमससख जिल्ला अधिकारी सफल पोर्तेल सहित आदिवासी जनजाती महासंघकी जिल्ला कोषाध्यक्ष सविना र्राई, जातिय संघसंस्थाका प्रतिनिधिले मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए । किरावी इलामका अध्यक्ष अन्वेश थुलङको अध्यक्षतामा कार्यक्रमम सम्पन्न भएको थियो ।
किरातीहरु प्रकृती पुजक भएकाले प्रकृतिको पुजा गरिएको बिद्यार्थी संघका अतिरिक्त विभाग प्रमुख र्राईले जानकारी दिए । यसैगरि जिल्लाका अन्य स्थानमा समेत बिभिन्न जानजातीले यो पर्व मनाइएका छन् ।