छुटे लगत्तै फेरि समातिए राउत

रौतहट : जिल्ला अदालत रौतहटको आदेशमा साधारण तारेखमा रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका अगुवा डा.सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो ।

राज्यबिरुद्धको मुद्धा र संगठित अपराध मुद्धामा पक्राउ परेका डा.राउतको तर्फबाट ३७ जना वकिलहरुले गरेको बहसपछि जिल्ला न्यायाधीस लक्ष्मीराम ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

अदालतकोे आदेशपछि बाहिरिन लागेका डा.राउतलाई अदालत परिसरबाट नै बिहीवार साँझ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउको समय डा.राउतले प्रहरीसँंग पक्राउ पुर्जीको माग गरेका थिए ।

राउतमाथि बाँके जिल्लामा यस्तै प्रकृतिको मुद्धा दर्ता भएकाले उनलाई आवश्यक कारबाहीका लागि बाँके पठाइने रौतहट प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार