करेन्ट लगाउन खोज्दा ज्यान गयो

महमाई : करेन्ट लगाएर माछा मार्न गएका इलाम महमाईका एक युवकको आफैँ करेन्ट लागेर ज्यान गएको छ ।

माईखोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार