आज तमू ल्होसार पर्व मनाइँदै

नयाँ बुलन्द

काठमाडौं : गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर शुक्रबार तमू ल्होसार पर्व मनाउँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउछ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन पनि छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ । यस पर्वका अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुने छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायले मनाउँदै आएको पर्व तमू ल्होसारका अवसरमा शुभकामना दिएकी छन ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा गुरुङ समुदायको यो पर्वले सबैमा उत्साह र उमंग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पुर्याउन सकोस् भन्ने कामना गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार