पुजनका परिवारलाई पाँच हजार सहयोग

sahayog
पुजनकी आमा गंगामायालाई सहयोग रकम हस्तान्तर‌ण गर्दै चियाबारी दैनिकका सम्पादक सुदिप श्रेष्ठ । तस्विर सौजन्य : टीका खतिवडा

नयाँ बुलन्द

इलाम : हराएको दुर्इ महिनापछि फेला परेका इलाम चिसापानीका ११ वर्षीय पुजन सेन्च्युरीका परिवारलाई इलाम लक्ष्मिपुरका गणेश न्यौपानेले नगद पाँच हजार सहयोग गरेका छन् ।

लक्ष्मिपुर-८ बतासेका न्यौपाने हाल हङकङमा भएपनि इलाम सदरमुकामबाट प्रकाशित चियाबारी दैनिक र चियाबारीको ब्लक पेजमार्फत बालक हराएको र हराएपछि फेलापरे पनि आर्थिक अभावले घर ल्याउन समस्या भएको समाचार प्रकाशन भएपछि उनको उद्धारमा सहयोग गर्दै उनले नगद पाँच हजार प्रदान गरेका हुन् ।

न्यौपानेले चियाबारी दैनिकका सम्पादक सुदिप श्रेष्ठ मार्फत विश्वबालश्रम विरुद्ध दिवशको अवसर पारेर आइतबार एक कार्यक्रममा पुजनकी आमा गंगालाई कार्यालयमा सो रकम हस्तान्तरण गरेका छन् । चियाबारी दैनिकले पुजन हराएको खवर पाएपछि उनको अवस्थाबारे जानकारी लिइरहेको र बालक फेला परेपछि पनि नेपाल ल्याउनका लागि चासोका साथ समाचार सम्प्रेक्षण गरिरहेको सम्पादक श्रेष्ठले बताए ।

कक्षा ३ मा अध्यनरत पुजन परीक्षा लेख्न हिँडेका उनी घर नफर्किएपछि परिवारले खोजी गरिरहेको थियो । उनी भारतको बिहार राज्यस्थित पुणिर्या श्रीनगर हातामा फेला परेका हुन् । पुजनकी आमा गंगाले सहयोग गरेकोमा सहयोगी गणेश न्यौपाने र चियावारी पत्रिकालाई धन्यवाद समेत दिइन् । उनले छोरा खोज्न र ल्याउनका लागि थुप्रो पैसा खर्च भएको बताइन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण गंगाका पति हाल बैदेशिक रोजगारीका लागि मलेसियामा रहेका छन् । पुजनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय र महिला तथा वालबालिका कार्यालयबाट कुनै पनि सहयोग नभएको परिवार श्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार