लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु गिदैं

  नयाँ बुलन्द
0 Shares

चितवन : चितवनको खैरहनी नगरपालिकाले नगर क्षेत्रमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु गरेको छ । नगरपालिकाले तीन दिने अभियान संचालन गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अभियानमा खैरहनी नगरपालिकाको वडा नम्वर १, २, ६, ८ र ९ मा अभियान संचालन हुनेछ । त्यसका लागि सम्वन्धीत वर्डाका महिला स्वयमसेविकाहरु, स्वास्थ्य चौकी प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका चिकित्सक, स्वास्थ्य शाखाका कर्मचारी अभियानमा खटेका खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए ।

उनीहरुले ती वडाका घरघर, ग्यारेज, होटलमा पुगि लामखुट्टेको लार्भा भए नभएको अनुगमन गर्दै लार्भा देखिए सम्बन्धित व्यक्तीलाई सचेतना दिई नष्ट गर्नेछन् । साउन, भदौ, असोज र कार्तिक लामखुट्टेका लागि उपयुक्त मौसम हो । यी महिनामा लामखुट्टे लार्भाको वृद्धी विकास गर्ने गर्छ ।

मंसिरपछि चिसो हुने भएकाले लामखुट्टे विस्तारै निष्कृय हुन्छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले साँझ र विहानीपख टोकेमा डेंगु रोग लाग्दछ । सो लामखुट्टेले टिन, टायर, गमला, फ्रिज, प्लास्टिकका भाडामा जमेको सफा पानीमा लार्भा हुर्काउने भएकाले त्यस्तो पानी सफा गर्नु नै यो रोगबाट वच्ने एक मात्र उपाय हो ।

चालु आर्थिक वर्षको दुई महिनामा खैरहनीमा डेंगुको सक्रमण देखिएको छैन् । गत वर्ष ३ जनामा डेंगु देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा चालु आर्थिक वर्षमा ४ जनालाई डेंगुको सक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार