संघीय समाजवादी फोरम प्रदेश १ अध्यक्षमा ३ जनाको उम्मेद्वारी

  नयाँ बुलन्द
0 Shares

इलाम : संघीय समाजवादी फोरम नेपाल प्रदेश १ को अध्यक्षमा ३ जनाले आआफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश १ को अध्यक्षमा संघीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ तथा केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङ र जुद्ध ढाक्रेले उम्मेद्वारी घोषणा गरेका छन् ।

औपचारिक रुपमा उम्मेद्वारी घोषणा नगरेपनि आफू निकट सहकर्मीमार्फत उनीहरुले उम्मेदवारी घोषणा गरी लविङ सुरु गरेका छन् । यसअघि संविधान र राज्य पुनर्संरचनाको विरोध गर्दै आएको सो पार्टीले ७ प्रदेशकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेसँगै नेतृत्वको हानथाप सुरु भएको छ ।

संघीय समाजवादी फोरम नेपालको प्रदेश १ को ऐतिहासिक प्रथम भेला आगामी असोज ९ र १० गते विराटनगरमा हुँदैछ । सो भेलामा फोरमले यसअघि बनाएको १० प्रदेशको समितिमा आवद्ध लिम्बुवान, किरात, शेर्पा र मधेस प्रदेश समितिका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहनेछ । भेला सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तिव्रता दिइएको छ । सो भेलाले प्रदेश १ को अध्यक्ष चुन्नेछ । भेलाको तयारी भइरहेको बेला नेतृत्वको विषय पनि उठ्न थालेको हो ।

प्रदेश १ मा पार्टी बलियो भए त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने भन्दै तीनै जना अध्यक्ष पद हत्याउन लागिपरेका छन् । नेम्बाङ र ढाक्रे तत्कालिन संघीय समाजवादी पार्टीका संस्थापक हुन् । चाम्लिङ भने राष्ट्रय प्रजातन्त्र पार्टीबाट संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजवादी फोरम नेपालको विधान अनुसार तीनैजना पार्टीका संस्थापक नेता हुन् । फोरमको विधानअनुसार पार्टीको पहिलो महाधिवशेनसम्म पार्टी प्रवेश गरेका सबै संस्थापक हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार