झन्डीडाँडा-रम्भ्याङ क्षेत्रमा सुम्निमा पारुहाङ, यलम्बर र रिनाहाङको शालिक स्थापना

इलाम : इलामको रोङ गाउँपालिकास्थित चर्चित पर्यटकियस्थल झन्डी डाँडा-रम्भ्याङ क्षेत्रमा उभौली चाड २०८३ को अवसरमा तीन वटा शालिक स्थापना गरिएको छ ।

झन्डीडाँडा रम्भ्याङ सामुदायिक हाेमस्टे र झन्डीडाँडा पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिकाे अगुवाइमा शालिकहरु स्थापना गरिएकाे हाे ।

किरात आदिम पुर्खाहरु सुम्निमा पारुहाङ, यलम्बर हाङ र रिनाहाङकाे प्रतिमा राखिएकाे समितिकाे अध्यक्ष डम्बरबहादुर राइले जानकारी दिए ।

रिनाहाङ खेलमैदान नजिक रिनाहाङकाे, धजे भन्ज्याङमा सुम्निमा पारुहाङकाे र दाेकानडाँडा यलम्बर चाेकमा यलम्बर हाङकाे प्रतिमा राखिएकाे वडाध्यक्ष सत्यम राइ चाैरासेले बताए ।

सांसद निश्कल राइ, वडाध्यक्ष सत्यम राई चौरासे र स्थानीय अशाेक बान्तवाले साैजन्य खरिद गरेको यी शालिकहरुकाे महत्व र आकर्षणले थप पर्यटकका वृद्धि हुने हाेमस्टेका सचिव रन्जित राइले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार