इलाममा कैदीबन्दीले गरे मतदान

इलाम । इलामस्थित कारागारमा कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयभित्र रहेको मतदान केन्द्रमा कुल २१४ मतदाता रहेका छन्, जसमा १०० जना कैदीबन्दी र ११४ जना इलामस्थित रणशार्दुल गणका नेपाली सेना समावेश छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मतदाताहरू उत्साहका साथ मतदानमा सहभागी भएका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण र संयमित रूपमा सम्पन्न गर्न शान्ति र सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार