दोस्रो याम्बातपुङ गोल्डकपको उद्घाटन खेलमा फुङ्नाम एफसी विजयी

  युद्धबहादुर बोहोरा
133 Shares

 

पाँचथरः फाल्गुनन्द–५, फाक्तेपस्थित याम्बातपुङ खेलमैदानमा जारी दोस्रो याम्बातपुङ गोल्डकपको उद्घाटन खेलमा फुङ्नाम एफसी फुएतप्पा इलामले आयोजक ब्राइट स्टार युवा क्लबलाई ६–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। फुङ्नामका जर्सी नम्बर १७ का खेलाडीले चार गोल र नम्बर ७ ले दुई गोल गरे। आयोजकका तर्फबाट जर्सी नम्बर ५ र ४ ले एक–एक गोल गरे। उत्कृष्ट खेलाडी फुङ्नामका नम्बर १७ घोषित भए।

उद्घाटन शुरुमा इम्बुङ भेट्रान्स र फाक्तेप भेट्रान्सबीचको मैत्रीपूर्ण खेलमा इम्बुङ विजयी भएको थियो। खेलको उद्घाटन समारोह फाल्गुनन्द गाउँपालिकाका अध्यक्षले उद्घाटन गरेका थिए।

भोली हुने खेलमा चौबन्दी एफसी र योङ ब्वाइज मोरङबीच पहिलो तथा अलस्टार एफसी दमक र डीएफसीबीच दोस्रो खेल हुने आयोजक संस्थाका सचिव सालाहाङ नेम्वाङले जानकारी दिए ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसरमा २५ गतेदेखि शुरु भएको पुरुष तथा महिला खुला नकआउट फुटबल प्रतियोगिता ३० गते सम्पन्न हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार