शेरबहादुर देउवाको गर्दनमा गम्भीर चोट, १२ टाँका लगाइयाे

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए ।

Laxmi sunrise bank

‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’ देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए ।

Shivam Cement

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा रहेका देउवा दम्पत्तिलाई आन्दोलनकारीले घरबाहिर निकालेर कुटपिट गरेका थिए भने घर जलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार