प्रथम पलासे कप: चुलाचुली र बतासेको विजयी सुरुवात

  जीवन लिम्बू
721 Shares

इलाम । इलामको माइ नगरपालिका वडा नं ६ पलासेमा जारी प्रथम पलासे कपको उद्घाटन खेलमा बतासे एफसी र चुलाचुली एफसीले विजयी सुरवात गरेका छन् । सोमबार भएको पहिलो खेलमा बतासे एफसीले सिङफेरे एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि सोमबार नै भएको दोस्रो खेलमा चुलाचुली एफसीले पलासे युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

विन्तिविनायक आधारभूत विद्यालयको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत दोस्रो दिन मङ्गलबार पनि दुई खेल हुने छ । पहिलो खेल यूथ अफ माङ्सेबुङ र जोरखोला एफसीविच हुने छ भने दोस्रो खेल एलवाइएससी र विवाइसीविच हुने छ ।

जम्मा १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यस वर्षको विजय दशमी फुलपातीको दिन हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पलासे युवा क्लबले जनाएको छ ।

खुल्ला नकआउटको आधारमा भइरहेको खेलका सर्वोत्कृष्ट खेलाडी, उदयीमान खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई पुरस्कार प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार