टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश

  नयाँ बुलन्द
35 Shares

काठमाडौँ  : नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।  विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी पहाडी मंगलबार बिहान  अदालतमा उपस्थित भएकी थिइन् ।

अदालतमा उपस्थित भएपछि न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आजै उनको बयान र थुनछेक बहस भएको थियो ।

Laxmi sunrise bank 2034

थुनछेक बहसपछि पहाडीलाई धरौटीमा छाड्ने आदेश भएको अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए ।

Shivam Cement

तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

Nabil bank

तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।  भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार