इलाममा ट्राफिक सप्ताहको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न, विजयी विद्यार्थी पुरस्कृत

  नयाँ बुलन्द
203 Shares


इलाम : ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत बुधबार इलाम सदरमुकामस्थित श्री आदर्श माध्यमिक विद्यालयमा “विद्यालयमा किन ट्राफिक ज्ञानको आवश्यकता” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

जिल्ला ट्राफिक कार्यालय इलामको आयोजनामा भएको यस प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा कक्षा १० मा अध्ययनरत विष्णु कुमारी तामाङले प्रथम स्थान हासिल गरिन् भने सोही कक्षाकी प्रणिता खनालले द्वितीय स्थान प्राप्त गरिन्। त्यसैगरी, कक्षा ९ की प्रनिसा लिम्बु तृतीय भइन्। विजयी विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिएअनुसार, यस कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमबारे सचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार