इलाम : समुन्नत इलाम, सम्पन्न इलामेली” नारासहित इलाम नगरपालिका–९ मा महिला अधिकार तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी दुई दिवसीय सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम २०८२ साल जेठ ३० र ३१ गते इलाम नगरपालिका–८ को वडा कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रम वडास्तरीय महिला समन्वय ल समिति, इलाम नगरपालिका वडा नं. ९ द्वारा आयोजित गरिएको थियो भने इलाम नगरपालिका वडा कार्यालय नं. ९ को आर्थिक सहयोगमा सञ्चालन गरिएको वडा अध्यक्ष गोपाल चौहानले बताए ।
कार्यक्रमको उद्देश्य महिला हिंसा विरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै महिलाको अधिकार सम्बन्धी जानकारी प्रदान गर्नु रहेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा सहभागी महिलाहरूले घरेलु हिंसा विरुद्धको कानुनी उपाय, सहायता केन्द्रहरूको जानकारी, र आत्मसुरक्षासम्बन्धी विषयहरूमा प्रशिक्षण प्राप्त गर्ने इलाम नगरपालिका उपप्रमुख बिष्णु कुमारि दाहालले बताईन ।
स्थानीय तहको सहकार्य र महिलाको सक्रियताले यस प्रकारका कार्यक्रमले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूको रहेको छ।