इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल इलामको अध्यक्षमा दिवन राई निर्वाचित भएका छन् ।
शनिबार इलाम सदरमुकाममा सम्पन्न तेस्रो सम्मेलनले राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष केशव दाहाल (कोविद), अमृता रार्इ, शुसिल बानियाँ र सचिवमामा रेशम नेम्बाङ निर्वाचित भएका छन् । सहसचिवमा निरोज राइ, विमला राइ, बेदु आचार्य र कोषाध्यक्ष आशिल लाम्गादे निर्वाचित भएका छन् ।
सदस्यहरुमा नारायण बुडाथोकी, कुबेर तामाङ, मोहन राई, महेश राई, सन्तोष राई, विमला लिम्बु, सजन राई, चन्द्रकला पौडेल, विशाल राई, मोहन कट्टेल, दिपेन फागो, सोभित राई र सुनिल राई निर्वाचित भएका छन् ।
वाइसीएल इलाम संयोजक कमल दुलालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धिरेन्द्र शर्मा, प्रदेश सदस्य सिन्धु राई, राम राई, प्रविन तिम्सिना,प्रभाव सर्मा, दिपेन राई, प्रकाश परियार, जिल्ला संयोजक विजय खम्बु, सचिव शान्ता बस्नेत, वाइसीएल प्रदेश सहसंयोजक बिक्रम फियाक लगायतको उपस्थिति थियो ।