माओवादी केन्द्रले इलाम र बझाङमा उम्मेदवारी दिने

  नयाँ बुलन्द
126 Shares

काठमाडौँ । माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन’,  उनले भने । इलाम २ बाट माओवादीले चार जनाको उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । बझाङमा प्रक्रिया अगाडि बढाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार