सिलौटीमा भेला नगर्न, नगराउन  याक्थुङ नेम्बाङ समाजको अनुरोध

  नयाँ बुलन्द
259 Shares

पाँचथर : याक्थुङ नेम्बाङ समाज नेपालले याङदेम्बा नेम्बाङहरुको माङगेन्नायक समेत रहेको पाँचथरको नाम्भुन्यक (सिलौटी) मा कुनैपनि भेला नगर्न नगराउन अनुरोध गरेको छ ।

याक्थुङ नेम्बाङ समाज नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै आउँदो चैत १३ देखि १६ गतेसम्म किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भो, माङसेबुङ-३, इलामको २१ औं वार्षिक सेवा समारोह तय भएपछि सो भेला नगर्न नगराउन अनुरोध गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति :

याक्थुङ नेम्बाङ समाज नेपाल

केन्द्रीय कार्यसमिति, ललितपुर

मितिः २०८०/१२/०९

बिज्ञप्ती !

नाम्भुन्यक (सिलौटी) मा भेला नगर्न, नगराउन अनुरोध ।

सुब्बा नारद नेम्बाङ समेत १० जना याङदेम्बा नेम्बाङहरूले ६३५ रोपनी आफ्नो शुद्ध किपट जग्गा बाल तपस्वी महागुरू फाल्गुनन्दकै पाला, बि. सं. १९९५ सालमा याद्देम्बा नेम्बाङहरूको माङ्गेन्नायक समेत रहेको सो नाम्भुन्यक (सिलौटी) को संरक्षण र हाडसाम थेबा, युमा लगायतको नित्य पुजाआजा गर्न निमित्त चन्द्रसूर्य रहुन्जेल सम्मकोलागि दान गरेपश्चात श्री साङसेन हाडसाम माङहिम सेवा समितिको रेखदेख र संरक्षणमा नित्य सेवापुजा हुँदै आएको, साथै १६ औं राष्ट्रीय विभूति महागुरू फालगुनन्द, मुन्धुमविद् विद्वान स्व. रनधोज याङदेम्बा नेम्बाङ लगायतका ऐतिहासिक महापुरूषहरूको समाधि स्थल समेत रहेको महागुरूको तपोभूमि, शान्तिभूमि र पर्यटकीय सो ऐतिहासिक एवं सम्वेदनशील क्षेत्रमा केही महिना अघि लारुम्बाको तेश्रो पटकको आतिक्रमणबाट झडपको स्थिति पैदा भई अशान्त रहेको सो स्थानमा कथित ‘किरात याक्थुङ पेभाकुम नेम्बाङ सङजुम्भो, माङसेबुङ-३, इलाम नामक संस्थाले सो क्षेत्रमा अशान्ति तथा सामाजिक विद्वेष फैलाउने नियदले यही २०८० चैत्र १३ देखि १६ गतेसम्म २१ औ वार्षिक सेवा समारोह २०८० आयोजना गर्न लागेको सूचा प्रति यस ‘याक्थुङ नेम्बाङ समाज नेपाल, केन्द्रीय कार्यसमिति काठमाडौं’ लगायत यस संस्थासंग आवद्ध सम्पूर्ण नेम्बाङ संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ । अतः यस्तो अशान्ति निम्त्याउने र समाजिक विद्वेष फैलाउनको लागि कुनियतवस गर्न लागेको सो कथित समारोह रोक्न अर्थात सो संरक्षित क्षेत्रको कुनै पनि ठाउँमा नगर्न, नगराउन हार्दिक अनरोध गर्दछौ।

१- प्रिय कुमार नेम्बाङ : अध्यक्ष – – याक्थुङ नेम्बाङ समाज नेपाल, केन्द्रीय कार्यसमिति काठमाडौ ।

२- चन्द्रबीर नेम्बाङ : अध्यक्ष- पेभाकुम नेम्बाङ समाज, झापा,चन्द्रा तमाखे, पान्थर।

३- सुरेन्द्र प्रसाद नेम्बाङ अध्यक्ष चेवा माङहिम निर्माण समिति,

४- नयङहाङ नेम्बाङः अध्यक्ष थेबा माङ नेम्बाङ माङ्गेन्ना लुङधुङ, तमाखे, पान्थर।

५- सिंहराज नेम्बाङः अध्यक्ष नेम्बाङ एकता समाज, धरान, सुनसरी ।

६- चन्द्रसिङ नेम्वाङः संयोजक याक्थुङ नेम्बाङ समाज, धनकटा ।

७- राम नेम्बाङ : संयोजकः याक्थुङ नेम्बाङ समाज, खसङि, भारत ।

८- समशेर नेमबाङ : अध्यक्ष- याक्थुङ नेम्बाङ समाज, मोरङ जिलला समिति

९- ताराहाङ नेम्म्बाङः संयोजक- याक्थुङ नेम्बाङ समाज, अमेरका ।

१०-सम्बर महासिङ नेम्बाङः अध्यक्ष फिदिम न. पा. १२ र १३ संयुक्त वडा कार्यसमिति, पान्थर ।।

११ – तिलकसिङ नेम्बाङः अध्यक्ष याङदेम्बा नेम्बाङ समाज, पथरी शनिश्चरे न. पा. मोरङ ।

याङदेम्बा नेम्बाङहरूले आफ्नो शुद्ध किपट जग्गा हाङसाम थेबा, युमा लगायतको नित्य सेवा पुजाको निमित्त नाम्भुन्यक (सिलौटी) जग्गा दान दिएको दान-पत्रको फोटोकपि यसैसाथ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार