भिरबाट लडेर इलाममा एक महिलाको मृत्यु

  नयाँ बुलन्द
798 Shares

इलाम : मल बोक्ने क्रममा भीरबाट लडेर इलाममा एक महिलाको मृत्यु भएको छ । इलाम नगरपालिका–१०, गोदककी ३१ बर्षीया ऋतु लिम्बू (राई) को मृत्यु भएको हो ।

आइतबार साँझ ५ बजेतिर मल बोकेर जाने क्रममा बाटोमा पर्ने बरभिरबाट लडेर उनको मृत्यु भएको हो। मलको भारी बोकेर जाने क्रममा लिम्बू भीरबाट लडेर करिब पाँच सय मिटर तल झर्दा उनको घटनास्थलमा नै ज्यान गएको सोही वडाका कार्यवाहक वडाध्यक्ष बालकृष्ण गौतमले जानकारी दिए ।

त्यस्तै घटना घटेको केही समयमै घटनास्थलमा प्रहरी पुगेको थियो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार