क्रियाशील महिला पत्रकारिता पुरस्कार राराहाङ र आशिष स्मृति पुरस्कार सुन्दासले पाउने

  नयाँ बुलन्द
322 Shares

इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको क्रियाशील महिला पत्रकारिता पुरस्कार मातृभाषी पत्रकार रीता राराहाङले पाउने भएकी छन् । महासंघ इलाम शाखाको शनिबार बसेको बैठकको निर्णयले २०८० सालको क्रियाशील महिला पत्रकारिता पुरस्कार राराहाङलाई दिने निर्णय गरेको हो ।

झण्डै डेढ दशकदेखि पत्रकारितामा क्रियाशील राराहाङ इन्डिजिनियस टेलिभिजन र सप्तकोशी एफएममा कार्यरत छिन् ।

त्यसैगरी २०८१ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार बिक्रम सुन्दास (तिलबिक्रम दर्जी) ले पाउने भएका छन् । सुन्दास फिक्कलबाट सञ्चालित रेडियो बुद्धवाणी एफएममा कार्यरत छन् ।

दुवै पुरस्कारको राशी नगद १०/१० हजार रहेको छ । बैठकले महासंघको साधारणसभाको अवसरमा आउँदो चैत ३० गते पुरस्कार वितरण गर्ने निर्णय भएको महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार