इङनाम इवाहाङको ३१ औं स्थापना दिवस तथा शुभकामना आदानप्रदान

धनकुटा : इङनाम इवाहाङ संघीय कार्यसमितिलगायत देशविदेश समितिहरुको आयोजनामा ३१ औं स्थापना दिवस तथा शुभकामना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

चौबिसथुम धनकुटाको नमस्ते झरनास्थित फेमिली होटलमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

इङनाम इवाहाङ पापो थोबो सङजुम्भोका अध्यक्ष मिक्तोक इवाहाङको अध्यक्षता र जनता समाजवादी पार्टीका नेता लिलाराज लाओतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेम्जोङ सयङ केन्द्रिय सदस्य गुरु चेम्जोङ,  युमा सम्यो केन्द्रिय उपाध्यक्ष गीता इवाहाङ, सङघीय लिम्बुवान प्रान्तीय मञ्च धरान महिला नगर अध्यक्ष नर्बदा लिम्बू इवाहाङ र भेडेटार आमा समुह अध्यक्ष राधिका फियाक इवाहाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य व्यवसायी बुद्धिमाया नेम्बाङ इवाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार