खान्द्रुङ माविद्वारा सेवा निवृत्त शिक्षक येक्तेनलाई विदाई (तस्बिरहरु)

  नयाँ बुलन्द
721 Shares

इलाम : इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कास्थित खान्द्रुङ माध्यमिक विद्यालयले आइतबार सेवाबाट निवृत्त भएका एक शिक्षकलाई औपचारिक रुपमा विदाई गरेको छ ।

विद्यालयको ६७ औं वार्षिक उत्सवको अवसर पारेर सेवा निवृत्त शिक्षक चन्द्रबहादुर येक्तेनलाई खान्द्रुङ माविले औपचारिक रुपमा विदाई गरेको हो ।

आइतबार नै सेवाबाट अवकाश भएका येक्तेनलाई सोही दिन  वार्षिक उत्सवको अवसरमा औपाचरिक कार्यक्रम गरी शिक्षकलाई विदाई गरिएको विद्यालयका प्रधानाध्यापक काजिमान येक्तेनले बताए ।

३१ वर्ष सो विद्यालयमा काम गरेका येक्तेनलाई शिक्षक र विद्यार्थीहरुले फूलमालासहित विदाई गरेका हुन् । २०४९ चैत १ देखि सो विद्यालयमा कार्यरत उनी २०८० फागुन ६ देखि अनिवार्य अवकास भएका थिए ।

येक्तेन २०४० चैत १३ गते अस्थायी नियुक्त भई बालकन्या प्राविमा कार्यरत रहँदा २०४६ फागुन १ गते स्थायी नियुक्त भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गामाया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा अध्यक्ष पोख्रलसहित प्रधानाध्यापक येक्तेनले मायाको चिनो उपहार दिएका थिए । कार्यक्रममा उनले सेवानिवृत्त जीवन सामाजिक कार्यमा समर्पित गर्ने प्रतिवद्धता जनाए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार