खान्द्रुङ माविको ६७ औं वार्षिक उत्सव सुरु

  नयाँ बुलन्द
511 Shares

इलाम : इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कास्थित खान्द्रुङ माध्यमिक विलालयको ६७ औं वार्षिक उत्सव सुरु भएको छ ।  शुक्रबार प्रदेशसभा सदस्य गोविन्द गिरीले वार्षिक उत्सव विशेष कार्यक्रमको उद्घाटन गरे ।
पहिलो दिन उद्घाटनसँगै अन्तर विद्यावय साङ्गितीक तथा खेलकुद प्रतियोगिता सञ्चालन भएको छ ।
‍तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्रम हुनेछन् ।
दोस्रो दिन शनिबार ओमसाई पाथीभरा हस्पिटल भन्द्रपुर झापाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियन, दन्त रोग विशेषज्ञद्वा निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क इसिजी र औपधि वितरण हुनेछ ।

त्यस्तै तेस्रो दिन सुनिता थेगिम, रगुन षुरुङ, राजेश चाम्लिङ, देवी गौतम, कोमल निरौला र रामवीर लिम्बूको साँगीतिक प्रस्तुती रहनेछ । कार्यक्रमको समापन देउमाई नगरपालिका प्रमुख सुर्यप्रसाद पोख्रेल गर्ने तय गरिएको प्रधानाध्यापक काजीमान येक्तेनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार