वर्तमान सरकारले जनतालाई लोकतन्त्रको प्रत्याभूति दिने खालका कार्यक्रम अघि सारेको छ : मन्त्री किराँती

  नयाँ बुलन्द
70 Shares

माईपोखरी : संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले यो देशका बासिन्दाले साम्प्रदायिकता अस्विकार गरेको वताएका छन ।
प्रेस सेन्टर नेपालले इलामको सन्दकपुर गाउँपालिकामा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै मन्त्री किरातीले धेरै जातजातिबीचको सांस्कृतिक एकतामा मूलुक बाँधिएकाले साम्प्रदायिकता स्विकार्य नभएको धारणा राखेका हुन ।
उनले वर्तमान सरकारले जनतालाई लोकतन्त्रको प्रत्याभूति दिने खालका कार्यक्रम अघि सारेको दावी समेत गरे।
मन्तव्यको क्रममा कोसी प्रदेशको सट्टा १ नम्वर प्रदेश उच्चारण गरेका मन्त्री किरातीले पत्रकारहरुले पनि आफूलाई अपडेट गर्नु पर्ने वताए । भेलामा कोसी प्रदेशका प्रेस सेन्टरसग आवद्ध एक सय धेरै पत्रकारको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार