झापाः विर्तामोड नगरपालिका ५ नम्बर वडाका अध्यक्ष रोहित प्रसाई नगरपालिका कार्यालयमा धर्ना बसेका छन् ।
वडाका सचिव विमल पोखरेलले काम गर्न असहयोग गरेको र समयमा कार्यालय नआउने साथै सेवाग्राहीले खोजेको समयमा कहिल्यै नभेटिएको गुनासो गरेसंगै कर्मचारी पोखरेललाई कार्वाहीको माग गरेका हुन् ।
वडाका हरेक गतिविधिहरु लथालिङ्ग पार्ने गरि अफिस आवरमा कुनै दिन पुरा समय नबसेको प्रमाण देखाउँदै हरेक महिना आधा मात्रै उनको कार्यालयमा उपस्थिति हुने गरेको आरोप लगाएका छन् । वडा सचिव हाँजिर नभएको समयको सम्पूर्ण तलब कट्टा गर्न मागसहित वडाध्यक्ष प्रसाई धर्नामा बसेका हुन् ।