नेपाल आदिवासी जनजाति महासघं फाकफोकथुम-४ को अध्यक्षमा श्रेष्ठ

  नयाँ बुलन्द
210 Shares

फाकफोकथुम : नेपाल आदिवासी जनजाति महासघं वडा समन्वय परिषद फाकफोथुम-४ को अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।

गएराती सम्पन्न महासंघको दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यद्वयमा सेतुमान राई र लिलाबहादुर लिम्बू निर्वाचित भएका छन । सचिवमा ताराविर मगर, सहसचिवमा राधिका मुखिया र कोषाध्यक्षमा सुनिता लिम्बू निर्वाचित भएका छन् ।

सदस्यहरुमा जिवन बलम्पाकी मगर, लक्ष्मीभक्त श्रेष्ठ, निर्मला राईलगायत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघको लक्ष्य र उदेश्यअनुरुप आफ्नो नेतृत्वको टिम परिचालित हुने प्रतिवद्धता जनाए ।

नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई वडा अध्यक्ष पदमबहादुर मगर र नेपाल आदिवासी जनजाति महासंघ इलामका सचिव अर्जुन मगरले शुभकामना मन्तव्य दिएका थिए ।

अधिवेशनको उद्घाटन कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष दिपक योङहाङको अध्यक्षतामा भएको थियो ।  उद्घाटनको अवसरमा विभिन्न जातीय झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

May be an image of 11 people, temple and text

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार