इलाम : नेपाल प्रेस युनियन झापाको अध्यक्षका लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।आगामी बैशाख ३१ गते हुने शाखाको १० औं अधिवेशनमा अध्ययक्षका लागि सहमति नजुटेपछि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको हो ।
पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी , सप्तरङ्गी एफएमका प्रवन्ध निर्देशक गिरीराज भट्टराई तथा प्रतिदिन दैनिकका पूर्व सम्पादक राजेन्द्र गौतमबीच प्रतिस्पर्धा हुने भएको हो । यद्यपि सहमतीको अधिकतम प्रयास भइरहेको बताइएके छ ।
पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य हुन् । लामो समयदेखि नेपाल प्रेस युनियनको विभिन्न नेतृत्वमा रहदै नेपाल प्रेस युनियनको यस अघि नै पूर्वाञ्चल सदस्य भइसकेका छन् ।
बिगत डेढ दशक अघिदेखि ग्रामीण क्षेत्रबाट पत्रकारिता शुरु गरेका भण्डारी खोज पत्रकारितामा विशेष रुची राख्छन् । पत्रकार भट्टराई नेपाल प्रेस युनियनको हाल उपाध्यक्ष हुन् । उनले दुई कार्यकाल उपाध्यक्षको जिम्वेवारी सम्हाली सकेका छन् ।
यता पत्रकार गौतम प्रतिदिन दैनिकका पूर्व सम्पादक हुन । नेपाल प्रेस युनियनको ९ औं अधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका गौतम इन्दू पूर्वेलीसंग भारी मताान्तरले पराजित भएका थिए ।
अधिबेशनले युनियन झापाको १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ ।बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको प्रेस युनियन झापाले जनाएको छ । गठित निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन् ।