झापा : बुद्धिचाल महा प्रदेश १ को अध्यक्षमा इलामका सुरेन्द्र राई निर्वाचित भएका छन् ।
झापाको दमकमा मंगलबार सम्पन्न बुद्धिचाल संघ प्रदेश १ को दोस्रो अधिबेशनले राईको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति निर्वचित गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान र कोषाध्यक्षमा उदयपुरकी ईस्वरी कार्की निर्वचित भएका छन् ।
सदस्यहरुमा पाँचथरका महेन्द्र नेम्बाङ, तेह्रथुमका ईङसा कन्दङ्बा, ताप्लेजुङका रामकुमार मादेन र मोरङका शुदर्शनप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै अधिवेशनले ५ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुमा बासुदेव, बिश्वबिजयी घिमिरे, अतुल दाहाल, राजेन्द्रकुमार पराजुली र बिनिता निरौला रनिर्वाचित भएका छन् ।
नेपाल बुद्दिचाल महासंघको केन्द्रिय अध्यक्ष विदुर गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा केन्द्रिय सचिव मोनालिसा खम्बु, पुर्व बरिस्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, केन्द्रिय सदस्य दिपेन राईलगायतको उपस्थिति रहेको थियो ।