वाईसीएल देउमाई नगर अध्यक्षमा विजेश राई

  नयाँ बुलन्द
686 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) देउमाईको अध्यक्षमा विजेश राई निर्वाचित भएका छन् ।

शुक्रबार भएको वाईसीएल देउमाई नगरको दोस्रो सम्मेलनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले राईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा भीम धमला, सचिवमा निरु डाँगी, सहसचिवमा नरेश श्रेष्ठ र कोषाध्यक्षमा रमिला समाल निर्वाचित भएका छन् ।

सम्मेलन डिवन राईको अध्यक्षता र माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज धिरेन सर्मा (रवण) को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रदेस सचिवालय सदस्य उर्मिला तामाङ (चन्दा), प्रदेस सदस्य एवम् युवा फ्याक्सन इलाम इन्चार्ज दिपेन राई, देउमाई अध्यक्ष अशोक प्रधान, वाइसीएल इलाम सम्योजक कमल दुलाल, सचिप निरा गुरुङलगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार