इलाम १ मा खनाल पछाडि, २ मा नेम्बाङ अगाडि

  राम योङहाङ
1.4k Shares


इलाम : इलाम क्षेत्र नम्बर १ को मतगणना करिब पुनः सुरु भएको छ । मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि मंगलबार रातिदेखि रोकिएको मतगणना विहीबार साँझदेखि सुचारु भएको हो ।

सो क्षेत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पछि परेका छन् । खनाल एक हजार पाँच सय पाँच मतान्तरले पछि देखिएका छन् ।

यो समाचार तयार पार्दासम्म २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । सुरुवाती अग्रता लिएको नेकपा (एमालेका महेस बस्नेतले १० हजार दुई सय ८७ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थन पाएका खनालले आठ हजार सात सय ८० मत आएको छ ।

क्षेत्र १ प्रतिनिधि सभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको थियो ।

सो क्षेत्रको प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) र ‘ख’ मा नेपाली कांग्रेसको अग्रता छ । ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) को छ सय ५५ मतान्तरको अग्रता छ ।

लङ्वाले पाँच हजार ५७ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी शोभा पराजुलीले चार हजार चार सय दुई मत पाएका छन् ।

त्यहाँ आठ प्रतिष्पर्धी छन् । सो क्षेत्रमा ५५ हजार २ सय ४७ मतदाता रहेकामा २९ हजार ४ सय ९६ मत खसेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका शम्शेर राईले एक सय ९५ मतान्तरको अग्रता छ । राईले पाँच हजार छ सय ४६ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका दिपककुमार थेवको पाँच हजार चार सय ५१ मत आएको छ ।

त्यहाँ छ जना प्रतिष्पर्धी छन् । ५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको छ ।

उता क्षेत्र नम्बर २ मा पूर्व संविधानसभा अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले निरन्तर अग्रता लिएका छन् ।

यो समाचार तयार पार्दासम्म नेम्बाङले एक हजार चार सय ८६ मतान्तरले अग्रता लिएका हुन् । नेम्बाङले १४ हजार चार सय ३६ मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार नौ सय ५० मतका साथ पछ्याईरहेका छन् ।

सो क्षेत्रमा दुई स्वतन्त्रसहित १४ उम्मेद्वार प्रतिष्पर्धामा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।

यस्तै प्रदेश सभा ‘ख’ पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका एमाले नेता रामबहादुर मगर राना निर्वाचित भएका छन् । राना २ हजार ५ सय ८७ मतान्तरसहित निर्वाचित भएका हुन् ।

रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार हर्कबहादुर लावतीले ११ हजार १ सय ६७ मत मात्र प्राप्त गरेका थिए । ५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।

प्रदेश सभा ‘क’ को मतगणना भर्खरै सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार