ओलीका उत्तराधिकारीसहित किचन क्याबिनेटका अधिकांश नेता पराजित

  नयाँ बुलन्द
350 Shares

माओवादी केन्द्रकी नेतृ रेखा शर्माले झिनो मतान्तरले शंकरलाई पराजित गरेकी छिन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं ५ मा पराजित भएका छन् । कांग्रेस युवा नेता प्रदीप पौडेलसँग पराजित भएका पोखरेल नेकपाकालमा अध्यक्ष ओलीको कडा समर्थक बनेका थिए ।

त्यहीबेला विश्वासमा परेका पोखरेल चितवन महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष भएका थिए । त्यही महाधिवेशनमा ओलीकाे उत्तराधिकारीको रूपमा महासचिवमा शंकर पोखरेललाई अगाडि सारिएको थियो । त्यसैगरी, एमालेका नेता महेश बस्नेत पनि भक्तपुर २ मा कांग्रेस नेता दुर्लभ थापासँग पराजित भएका छन् । ओलीको किचन क्याबिनेटमा रहेका बस्नेत भक्तपुरमा निकै बलियो उम्मेदवार मानिन्थे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार रहेका राजन भट्टराई पनि पराजित भएका छन् । काठमाडौं ४ मा गगन थापासँग भट्टराई दोस्रोपटक पराजित भएका छन् । त्यसैगरी, ओलीले विश्वासमा लिएका भानुभक्त ढकाल पनि पराजित हुने निश्चित भएको छ । मोरङ ३ मा ढकाललाई कांग्रेसका सुनिल शर्माले भारी मतान्तरसहित पछि पारेका छन् ।

यता, ओलीले नेताको रूपमा स्थापित गर्न खोजेका अग्नि खरेल पनि पराजित भएका छन् । प्रधानमन्त्री हुँदा ओलीको सल्लाहकार बनेका खरेलले झापा २ मा टिकट नपाउने स्थितिमा पुगेपछि क्षेत्र फेरेर झापा १ मा लगिएको थियो । त्यसरी स्थापित गराउन खोजेका खरेल पनि कांग्रेस नेता महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका छन् । ओलीको किचन क्याबिनेटमै रहने युवा नेता ऐन महर पनि पराजित भएका छन् । भोजपुरमा शेरधन राई र विशाल भट्टराई अहिलेसम्म पछाडि परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार