ठगी गदै हिँड्‍ने भारतीय एक नागरिक इलामबाट पक्राउ

  नयाँ बुलन्द
413 Shares

इलाम : सुन सफा गरी दिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत बिहार बोरबोई कतिहार सुल्तानपुर बजार बस्ने ४९ वर्षीय केशब साह रहेका छन् ।

शाह इलाम जिल्ला सुर्योदय नगरपालिका २ बौद्धधामकी कल्पना तामाङको सुनको सिक्री, चादीको चम्चा, काँसको थाल सफा गरी दिन्छु भन्दै झुक्याएर ठगी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार