पाँचथरका आङ्बोसहित १ नम्बर प्रदेशका १६ जना पोलिटव्युरो सदस्यमा

  नयाँ बुलन्द
308 Shares

फाइल तस्वीर

पाँचथरः नेकपा(माओवादी केन्द्र) को हालै सम्पन्न केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकबाट पाँचथरका आङ्बोसहित १ नम्बर प्रदेशका १६ जना पोलिटव्युरो सदस्यमा चयन भएका छन् ।

प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका इन्द्र आङ्वो मौसमसहित झापाबाट राम कार्की (पार्थ) र धर्मशिला चापागाई (शिला), मोरंगबाट साबित्रीकुमार काफ्ले (समर),गोपिबहादुर अछामी (क.गोपी),शिवकुमार मण्ड(शिव),भोजपुरबाट पदमबहादुर राई, सुदन किराँती(शिखर) र अजम्वर काम्वाङ रहेका छन् ।

त्यस्तै,खोटाङबाट रामकुमार राई पासाङ्ग र दुर्गा जयन्ति राई, सुनसरीबाट रामकुमारी चौधरी(रोजिना),धनकुटाबाट हेमराज भण्डारी(सुदर्शन) र उदयपुरबाट सुरेश राई (क.हिमाल) रहेको केन्द्रीय सदस्य सीता थेवे(प्रमिला) ले जानकारी दिइन् । आङ्वो  पाँचथरबाट प्रतिनिधित्व गरेका माओवादी केन्द्रका नेता हुन् ।

यसैबीच स्थायी कमिटीको प्रथम बैठकले ईन्चार्ज रहेका केन्द्रीय सदस्यको संयोजनमा प्रदेश पदाधिकारी र प्रदेशका केन्द्रीय सदस्य रहने गरि प्रदेश केन्द्र समन्वय संयन्त्र बनाउने र संयन्त्र निर्वाचनसम्मका लागि हुने साथै भदौ मसान्त भित्र प्रदेश कमिटीहरुको बैठक र राजनीतिक प्रशिक्षण सम्पन्न गर्ने गरि कार्य योजना तय गरेको थाहा भएको छ ।

उक्त बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानवीन गर्न ३ सदस्यीय छानविन आयोग गठन गरेको जनाईएको छ ।-हटपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार