कुम्मायकका पूर्वअध्यक्षसहित २९ जना जनप्रतिनिधि सम्मानित

  नयाँ बुलन्द
294 Shares

पाँचथरः कुम्मायक गाउँपालिकाले १२ औं गाउँसभाको अवसरमा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

स्थानीयतहको पहिलो निर्वाचनमा निर्वाचित भई सफलतापूर्वक पाँच वर्षे कार्यकाल पूरा गरी समृद्ध गाउँपालिका निर्माणको लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्वअध्यक्ष जय बहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य लगायत वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य सहित २९ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र सुवेदी  प्रमुख अथिति १ नम्बर प्रदेश सभा सदस्य सीता थेवेले लगायतका अतिथीहरुले सम्मान पत्र, खादा र फुलमाला सहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार