कांग्रेस इलाम : सभापतिमा ५६ मतले खड्काको अग्रता (हेर्नुहोस् कसको मत कति?)

  राम योङहाङ
1.6k Shares

इलाम : नेपाली कांग्रेस इलामको शुक्रबार राती अबेरदेखि सुरु भएको मतगणना जारी छ ।

खसेको एक हजार सात सय ३२ मतमध्ये ५ सयको मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार डम्बरबहादुर खड्काले ५६ मतान्तरमा अग्रता कायम गरेका छन् । संस्थापन पक्षका उम्मेद्वार खड्काले ३ सय २७ मत प्राप्त गरेका छन्  । उनका प्रतिष्पर्धी संस्थापनइतरका उम्मेद्वार भेषराज आचार्यले २ सय ७१ मत मात्र पाएका छन् ।

खड्कालाई संस्थापनइतरका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्य र संस्थापन पक्षका पूर्व सभापति केशव थापाको समेत सहयोग थियो ।

दुवै उपसभापति पदमा भने आचार्य समूहका उम्मेद्वारले अग्रता लिएका छन् । आचार्य समूहका खगेन्द्र देवानले ३ सय ११ र विष्णुकुमारी लिम्बू दहालले २ सय ७३ मत पाएका छन् । खड्का समूहका होमप्रसाद दुलालले २ सय ६० मत र केदार थापाले २ सय ५२ मतका साथ पच्छ्याइरहेका छन् ।

दुई सचिव पदमा आचार्य समूहका पूर्णप्रसाद गौतम ३ सय १५ मत, विष्णु हेमकुमार कार्की २ सय ५२ मत, खड्का समूहका निरोज खड्कीले २ सय ७१ मत र हुकुमलाल थेबेले २ सय ३५ मत पाएका छन् ।

त्यस्तै दुई सहसचिव पदमा खड्का समूहका डालाकुमारी कार्कीले ३ सय ६ मत, प्रविना राईले २ सय ८ मत, आचार्य समूहका देवेन्द्रकुमार सुवेदीले २ सय ७८ मत र चक्र एक्तेन (अभिषेक) ३ सय ३६ मत पाएका छन् ।

त्यसैगरी २२ जना जिल्ला सदस्य, एक महाधिवेशन प्रतिनिधि (अपाङ्गता कोटा) र १४ महासमिति सदस्यको समेत मतगणना भईरहेको छ ।

एक हजार सात सय ९५ मतदाता रहेकोमा एक हजार सात सय ३२ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार