आइतबारसम्म भारी वर्षा हुने,जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  नयाँ बुलन्द
133 Shares

 

इलाम : मौसम पूर्वानुमान महाशाखाले दैनिक बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म भारी वर्षा हुने जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ ।

महाशाखाका अनुसार आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।-अखबार नेपाल

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार