कांग्रेस नेता खड्का द्वारा चुलाचुलीमा निशुल्क एम्बुलेन्स सेवा सन्चालन साथै माङसेबुङमा स्वास्थ सामाग्री बितरण

  नयाँ बुलन्द
1.1k Shares

चुलाचुली : नेपाली कांग्रेस युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालीकामा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गरेका छन । कोभिड १९ संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पताल सम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उनले यो सेवा सन्चालनमा ल्याएका हुन ।

खड्काले चुलाचुलिमा एम्बुलेन्स आवश्यकता रहेकाे खबर पाएसँगै नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्यसमितिकाे मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी प्रदान गरेका हुन । उनले नागरिकको स्वास्थ्य उपचारमा सहज होस् भनेर आफुले निशुल्क एम्बुलेन्स सेवाका लागि गाडी उपलबध गरेको बताएका छन् ।

बुधबार एक कार्यक्रमका बिच खड्काले चुलाचुली गाउँपालिकाको कांग्रेस पार्टी कार्यलयमा बोलेरो गाडीसंगै २ थान अक्सिमिटर, पिपि सेट ४ थान, सेनिटाईजर १० बोतल, माक्स २ हजार थान लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।

अाज बाट नै उक्त गाडीले बिरामीहरूलाई निशुल्क सेवा प्रदान गर्ने नेपाली कांग्रेस चुलाचुली गाँउपालिका उपसभापति नरेन्द्रकुमार वान्तवाले नयाँ बुलन्दलाई जानकारी दिए । चुलाचुलीका नगरिकलाई हरेक दुख सुखमा साथ सहयोग दिने गरेका नेता खडकाले गत बर्षको महामारीमा समेत चुलाचुली गाँउपालिका मार्फत पिपि सेट , माक्स , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै पछिल्लो समय अत्याधिक संक्रमित बढेको इलामको कर्णली मानिने माङसेबुङ गाउपालिकामा समेत पुगेर नेता खडकाले १८०० थान माक्स ,सेनिटाइजर २ ग्यालेन १०लिटर, बाफलिने बेन्स २ सेट गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदीलाई हस्तान्तरण गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार