पापोहाङ लाओती सयङको पाचौं केन्द्रीय महाअधिवेशन पाँचथरमा हुने

  नयाँ बुलन्द
49 Shares

पाँचथर : पापोहाङ लाओती सयङको पाचौं केन्द्रीय महाअधिवेशन पाँचथरको फिदिम ९ स्थित साबिक लुम्फाबुङमा आउँदो वैसाख १३ र १४ गते हुने भएको छ ।

पहिलो दिन विहाना १० बजे उद्घाटन हुने र सोही दिन पापोहाङ लाओती सयङको ऐतिहासिक चोत्लुङ स्थापना (१२ फिट्को स्तम्भ रहने छ) पापोहाङ लाओती सयङको प?ङ्लुङ र प?लुङ स्थापना साथै सोही साँझ लाओतीहरुको ऐतिहासिक तथा पहिलो प्रकाशनमा आएको बङ्शावली पुस्तक लोकार्पण कार्यक्रम हुनेछ ।

त्यसैगरी दोस्रो दि नयाँ कार्यसमितिको चयन साथै सपथ ग्रहण कार्यक्रम हुने महाधिवेशन तयारी समितिका संयोजक बिजयबोध लावतीले जानकारी दिए । सोही दिन विभिन्न साँस्कृतिक झाँकीहरु प्रदर्शन हुने र साँस्कृतिक प्रतियोगिता अन्तर्गत के:लाङ नाच र या:लाङ नाच प्रतियोगिता रहनेछ ।

दुवै प्रतियोगितको विजेतालाई १५/१५ हजारको पुरस्कार दिइनेछ ।

त्यस्तै लिम्बू भाषिक कविता प्रतियोगिता साथै साँस्कृतिक हाँस्य मनोरञ्जन पनि रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार