बुद्धिमानको नेतृत्वमा आप्रवासी हकहित संरक्षण केन्द्र


इलाम : आप्रवासी कामदार तथा आप्रवासि परिवार सदस्यको जिल्लास्तरिय भेलाले इलाम जिल्ला स्तरिय आप्रवासि हकहित संरक्षण केन्द्रको तदर्थ समिति निर्माण गरेको छ ।

दुइ दिवसिय आप्रवासि कामदार र परिवार सदस्यको क्षमता अभिबृद्धि तथा सञ्जाल निर्माण कार्यक्रममा इलाम नगरपालिकाको नगर प्रमुख परियोजना व्यवस्थापन एवं सञ्चालन समिति अध्यक्ष महेश बस्नेतको विशेष उपस्थिति एंव जिल्लाभरका ३२ बत्तिस जना रिटर्नीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रमल ११ सदस्य जिल्ला तदर्थ समिति चयन समेत गरेको छ । तदर्थ समिति अध्यक्षमा बुद्धिमान राई इलाम नगरपालिका, उपाध्यक्षमा तारा कुमारी लिम्बु फाकफोकथुम गाँउपालिका, सचिव पृथिमान चवेगु मांसेबुङ, सह–सचिव कुल प्रसाद भण्डारी देउमाई नगरपालिका, कोषाध्यक्ष बन्दना दियाली इलाम नगरपालिका रहेका छन् ।

सदस्यहरुमा खड्गकुमार राई रोङ गाँउपालिका, अर्जुन अधिकारी सुर्याेदय नगरपालिका,महेन्द्र ढुंगेल चुलाचुली गाँउपालिका, योगेन्द्र प्रसाद आचार्य माई नगरपालिका, संचा तामाङ माईजोगमाई गाँउपालिका रहेका छन भने सन्दकपुर गाउपालिकाको दोस्रो वैठकले चयन गरिने बताइएको छ ।

क्षमता अभिबृद्धिको निमित्त वैदेशिक रोजगार सम्बन्धि विविध विषयवस्तुहरु, कानूनी प्रवाधान, सम्बन्धित निकाय संगको सम्पक शुत्र र सञ्जालको आवश्यकता लगायत विषयमा परियोजना सामि, हेल्भटासका प्रदेश संयोजक कोपिला दाहाल,कार्यक्रम अधिकृत रामकुमार लाल कर्ण, जिल्ला परियोजना कार्यलय इलाम नगरपालिका इलामका कार्यक्रम संयोजक इश्वरी तामाङ्गले दुइ दिनसम्म सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।

आफ्नो निम्ति आफै काम गर्न र स्थानिय तहलाई समेत आप्रवासि मुद्धामा समन्वय गरि कार्य गर्न इलाम नगरपालिका प्रमुख महेश बस्नेतले नव निर्मित तदर्थ समितिलाई शुभकामना व्यक्त गर्नु हुदै निकट दिनमा नै वैदेशिक रोजगारी सम्बन्धि विषयलाई जिल्लाभरका सबै पालिका र जिल्लाको साझा विषय बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार