लायन्स क्लाब प्रेफेसनलद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  नयाँ बुलन्द
0 Shares


भोजपुर । लायन्स क्लब अफ विराटनगर प्रेफेसनलले भोजपुृरको सिद्धेश्वर माध्यमीक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयका प्रधानध्यापक सुवाचन्द्र दाहालको अध्यक्षता तथा आइपाष्ट प्रेजिडेन्ट मिता आर्चाय, चार्टर प्रेजिडेन्ट डिल्ली प्रसाई, वडा अध्यक्ष प्रेम भण्डारी, पाष्ट प्रेजिडेन्ट फडिन्द्र पराजुली, लिना उपाध्य, सञ्जय दाहाल, सचिव अञ्जना श्रेष्ठ र ट्रेजरर् तिलक मास्के लगायतको उपस्थितीमा क्लबले मंगलबार एक कार्यक्रमका विचँ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरको हो ।
क्लबले विद्यालयलाई करिब १ लाख बराबरको न्यानो कपडा वितरण गरेको हो । जसमा ५५ थान स्वीटर, ६७ थान ज्याकेट, ५० थान टोपी र १ सय थान मास्क वितरण गरेको क्लबकी सचिव अञ्जना श्रेष्ठले जानकारी दिइन् ।
क्लबले तय गरेको बार्षीक कार्ययोजना अनुसार यस वर्ष सामुदायीक विद्यालयहरु मध्ये भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं ४ सिद्धेश्वरको सिद्धेश्वर माध्यमीक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीहरुलाई शिक्षा लिन उत्प्रेरणा तथा हौसला प्रदान गर्न न्यानो कपडा वितरण गरेको क्लबका चार्टर प्रेजिडेन्ट डिल्ली प्रसाईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार