नेकपा इलामको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलाम नगरको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रतिगमनका विरुद्ध आजको बैठकमा भब्य रुपमा कार्यकर्ताको भेला रहेकोे थियो । कार्यक्रम नगर पार्टीका अध्यक्ष प्रवाश शर्माको अध्यक्षता, पार्टीको केन्द्रिय सदस्य एवं इलाम इन्चार्ज प्रदेश सांदस धिरेन्द्र शर्मा(रमण)को प्रमुख आतिथ्यता साथै पार्टीको प्रदेश सदस्य एवं जिल्ला पार्टी नेतृत्वको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नगर भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथिले प्रतिगमनको ब्यापक भण्डाफोर गर्नु पर्ने बताएका थिए । फरक प्रसंगमा प्रमुख अतिथिले संवोच्च अदालतले कसैको अनुहार नहेरि संविधानको अनुहार हेरेर संसद पुर्नस्थापना हुने र निर्वाचन आयोगले समेत प्रचण्ड-माधव नेतृत्वले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको निर्णय गर्नेमा विस्वस्त रहेको बताएका थिए । त्यस्तै विशेष अतिथि मणिकुमार लिम्बुले पछिल्लो राजनीतिक घट्नामा आएको संकट के.पि. वलिको अनुशासन हिनता गतिविधि, संविधानको हत्या र जनमतको अपहेलनाका कारण उत्पन्न भएको बताएका छन् ।

कार्यक्रममा प्रदेश सदस्य टिकादेवि घिमिरे, जिल्ला अध्यक्ष भत्त केसि, सचिव सोममाया राइ सिन्धु, कार्यालय सदस्यहरु विजय राइ, सान्ता बस्नेत, रणबहादुर राइ, जिल्ला नेता राम राइ, सचिवालय सदस्य जिवन शर्मा, असोक प्रधान, कार्यालय सचिव प्रकाश परियार, जिल्ला युवा संघ संयोजक महेस तिवारि, सह संयोजक विक्रम लिम्बु, पार्टीका जिल्ला सदस्य गन्जु प्रधान, पोस्टराज लामिछाने, नोमनाथ खतिवडा, भोज बहादुर बोहोरा, गिताराम रसाइलि, दिपक गौतम, आकाश लिम्बु, हुकुम थामि, श्याम राइ, शिक्षक संगठनबाट राजेन्द्र चौहान, जनजातिका अगुवा नेता किरण सुनुवार, अनेरास्ववियुका जिल्ला सहसंयोजक विपिन पोख्रेल , पार्टीका नेता अमर बस्नेत, गणेस घिमिरे, डम्बरसिंह गदाल, टेक बजादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरको विस्तारित बैठक, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण भएको थियो । कार्यक्रममा नेकपा निकट राष्ट्रिय युवा संघ नेपालको सुसिल बानियाँको संयोजकत्वमा ५३ सदस्यीय नगर समिति समेत घोषणा गरिएको थियो । आजको बैठक बाट प्रधानमन्त्री के.पि. ओलिले चालेको असंवैधानिक, अलोकतान्त्रिक र तानासाहा कदम जननिर्वाचित प्रतिनिधिसभा भंग विरुद्ध वडा-वडामा जनता विच प्रशिक्षित गर्ने, प्रतिगमनका विरुद्द ब्यापक जनपरिचालन गर्ने र ब्यापक पार्टि सुदृढीकरण गर्ने निर्णय भएको पार्टीका नगर अध्यक्ष प्रवाश सर्माले जानकारी गराएका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार