क्यारिकेचर गरेर कार्यकर्ता हँसाउने प्रधानमन्त्री ओली किन सिंहदरबार जान चाहँदैनन् ?

  नयाँ बुलन्द
0 Shares


ब्यांक्वेट गएर कार्यकर्ता हँसाउने प्रधानमन्त्री ओली किन सिंहदरबार जान चाहँदैनन् ?

काठमाडौं – प्रधानमन्त्री केपी ओली बहुमुखी प्रतिभाशाली हुन् । साहित्य, गीतसंगीत, सिनेमा धेरैतिर रुचि राख्ने ओलीमा अभिनयको पनि राम्रै सौख छ । जो उनले अभिनय गरिरहेको तर सुटिङ नसकिएको ‘रातो सूर्य’ ले पनि पुष्टि गर्छ । बुधबार अपराह्न उनी कमेडी पनि गर्दा रहेछन् भन्ने आमनेपालीले थाहा पाए ।

अहिलेसम्म हास्यकलाकार सीताराम कट्टेल धुर्मुसले ओलीको हुबहु क्यारिकेचर गर्दै आएका थिए । तर, ओली बुधबार आफैं धुर्मुसको अवतारमा प्रकट भए नेकपा अध्यक्ष माधवकुमार नेपालको क्यारिकेचर गरेर ।

प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तिबाट आफ्नै सहपाठी नेतामाथि यति तल्लोस्तरको गालीगलौज होला भन्ने कल्पना नेपाली नागरिकले गरेका थिएनन् ।

आफूलाई ब्यांक्वेटमा भएको भेलाले नेकपाको अध्यक्षबाट कारबाही गरेपछि ओलीले भनेका थिए, ‘ब्यांक्वेटमा बसेर मलाई कारबाही रे । त्यस्ता ब्यांक्वेटमा कहिल्यै गइन्न पनि र केही खाइन्न पनि ।

तर, त्यसो भनेको एक साता नबित्दै ओली थापाथलीस्थित त्यही कार्की ब्यांक्वेट पुगेर आफूमाथि कारबाही गर्ने प्रचण्ड र माधवकुमार नेपालको झाँको झारे ।

जिल्ला जिल्ला घुम्ने, शीतल निवास हप्ता हप्ता पुग्ने, ब्यांक्वेटमा गएर घन्टौं भाषण दिने प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नगएको १० महिना बितिसकेको छ ।

संसद् विघटन गरेर अध्यादेशबाट सरकार चलाउने ओलीले बालुवाटारमै प्रधानमन्त्री कार्यालय सारेका छन् । अरु देशका प्रधानमन्त्री आफ्नो सरकारी कार्यालयमा अनिवार्य कार्यालय समयसम्म बसेर निवास फर्किने गरेका छन् । तर, ओली भने निरंकुश शासकझैं ओछ्यानबाटै सरकार चलाइरहेका छन् ।mediadabali

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार