आप्रवासी कामदार दिवसमा विविध कार्यक्रम

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा २१ औं अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२० लाई सप्ताहाव्यापी रुपमा विविध कार्यक्रमहरु गर्दै मनाइदैछ । दिवस प्रत्येक वर्ष डिसेम्बर १८ तारिखमा मनाइने गरिएको छ ।

सोही अनुरुप यस पटक भने पुष २ गते जिल्ला स्थित परियोजना सञ्चालित चारै स्थानिय तह र वडाहरुमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि जानकारीमुलक फ्लेस्क राख्ने कार्यक्रम, सदरमुकाममा पुष ३ गते प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेलको प्रमुख आतिथ्यता एंव इनपा वडा सचिवहरुको उपस्थितिमा अन्तक्रियात्मक कार्यक्रम, साथै सोही दिन दिउसो जिल्ला समन्वय समिति इलाका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यता एंव इनपा प्रमुख महेश बस्नेतको विशेष आतिथ्यता र मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहन सिंह थेबेको अध्यक्षतामा सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत इलाम स्थित दुइ सरोकारवाला संस्थाहरु सुरक्षित आप्रवासन परियोजना सामी इलाम नगरपालिका र मानव अधिकार मञ्च नेपालको कर्मचारी विचको अनुभव आदान–प्रदान कार्यक्रम गरिनुका साथै साझँ चोक बजारमा इनपा प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा मैन बत्ति प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै पुष ४ गते सुर्याेदय नगरपालिका वडा नं. ५ कार्यलय भवनमा सामुदायिक अभिमुखिकरण कार्यक्रम, पुष ५ गते सुर्र्याेदयन नगरपालिका उप–प्रमुखको प्रमुख आतिथ्यतामा सुनपा स्थित आप्रवासी कामदारहरुको परिवार सदस्य र आप्रवासी कामदारहरुको भेलाले १७ सदस्यिय आप्रवासी सञ्जाल निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै पुष ८ गते इलाम नगरपालिका सामि परियोजना र मानव अधिकार मञ्च नेपालको संयुक्त आयोजनामा वैदेशिक रोजागारीबाट फर्किएर स्वदेशमा नै स्वरोजगार भई व्यवसाय गर्दै आएका आप्रवासी कामदारहरु मध्ये परियोजना सञ्चालित प्रत्येक स्थानिय तहहरुको एक महिला र एक पुरुष आप्रवासी कामदार स्वदेशमा स्वनिर्भर व्यवसायी सम्मान कार्यक्रम आयोजना गरिएको इलाम नगर पालिका सुरक्षित आप्रवासन परियोजना (सामि) इलाम जिल्ला परियोजना कार्यलय संयोजक इश्वरी तामाङ्गले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार